फाइल फोटो
पर्वत। जिल्लाको कुस्मा नगरपालिका–६ स्थित बान्द्रेबिँडी चौरमा निर्माण भएको बसपार्क सञ्चालन हुने भएको छ। निर्माण सम्पन्न भएको पाँच महिनापछि उक्त बसपार्क सञ्चालनमा आउने भएको हो।
सडक सञ्चालन भएको ३३ वर्षपछि सात करोड १५ लाख ३० हजार रुपियाँ लागतमा निर्माण भएको उक्त बसपार्क निर्माण सम्पन्न भएको लामो समयपछि सञ्चालनमा आउने भएको हो।
उक्त बसपार्क सघन सहरी तथा भवन निर्माण कार्यालय बागलुङले निर्माण गरेको हो। सडक सञ्चालन भएको ३३ वर्षसम्म पनि बसपार्क निर्माण नहुँदा निकै समस्या हुँदै आएको थियो। तर बसपार्क निर्माण सम्पन्न भएको ५महिनासम्म पनि सञ्चालनमा नआउँदा झनै समस्या बढ्दै गएकोमा अब बसपार्क सञ्चालनमा आएपछि सहज हुने स्थानीयले बताए।
बसपार्क सञ्चालनमा नआएको कारण सडकभरि सवारीसाधन पार्किङ गरेर राख्नुपर्ने बाध्यता रहेको थियो। जसको कारण सवारीसाधन दुर्घटना हुने सम्भावना झन बढ्दै गएको बताईएको छ।