काठमाडौं। धादिङको धार्केमा नेपाल ट्रक यातायात व्यवसायी महासंघको व्यवस्थापनमा रहेको धर्मकाटालाई डिजिटल बनाइएको छ।
मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल, धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य र नेपाल ट्रक यातायात व्यवसायी महासघका अध्यक्ष हिरालाल श्रेष्ठले संयुक्त रुपमा धर्मकाटाको डिजिटइजेसनको औपचारिक सरुवात गरेका हुन्।
धर्मकाटालाई डिजिटल बनाउने उद्देश्यसँगै ओभरलोडका कारण सडकमा हुने क्षति रोक्न र यातायात व्यवसायलाई थप व्यवस्थित बनाउन यो कदम चालिएको महासंघले जनाएको छ।
डिजिटाइजेसनले धर्मकाटाको सञ्चालनलाई पारदर्शी बनाउने र ओभरलोडको समस्या नियमन प्रभावकारी हुने महासंघको भनाइ छ। महासंघले देशभरका धर्मकाटालाई डिजिटल बनाउने तयारी भइरहेको जनाएको छ । हाल देशभर २१ वटा धर्मकाटा संचालनमा छन् ।