फाइल फोटो
काठमाडौं। विद्युत् ‘सट’ भई आगलागी हुँदा चार वटा पसल जलेर नष्ट भएको छ। बालकुमारीस्थित एक घरमा मध्यरातमा आगलागि हुदाँ यस्तो घटना भएको हो।
स्वाभिमान श्रेष्ठको दुई तले घरमा विद्युत् ‘सट’ भई आगलागी हुँदा चार वटा पसल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।
आगलागी भएको एक घण्टामा आगो नियन्त्रणमा लिईएको थियो। आगलागीबाट भएको क्षतिको विवरण यकिन नभएको प्रहरीले जनाएको छ।