एजेन्सी। भारतमा एक दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ। भारतको उत्तरप्रदेशमा बस र ट्रक ठोक्किँदा ५ जनाको मृत्यु भएको हो।
पाँच महिने शिशु, एक महिला र तीन पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा अन्य १५ जना घाइते भएका छन्। घाइतेको जेबरस्थित कैलाश अस्पतालमा उपचार भइरहेको छ।
दिल्लीबाट आजमगढ जाँदै गरेको डबलडेकर निजी बस अलिगढमा ट्रकको पछाडिको भागमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।