काठमाडौं। अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गण्डकी प्रदेशकै उत्कृष्ट घोषित भएको छ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागको ५३ औँ स्थापना दिवसको अवसरमा पूर्वी नवलपरासीको कावासोती नगरपालिका–१६ को अग्यौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्था गण्डकी प्रदेशकै उत्कृष्ट घोषित भएको हो ।
संस्थाले बुधबार पत्रकार सम्मेलन मार्फत पानीको स्वच्छता, व्यवस्थापन र दीर्घकालीन योजनामा संस्थाले दीर्घकालीन योजना निमार्ण गरेको जनाएको छ । ३ हजार उपभोक्ता रहेको संस्थामा न्युनतम युनिट (५ युनिट) सम्म पुर्णरुपमा निःशुल्क पानी वितरण गरेको छ ।
२०६४ सालमा स्थापना भएको संस्थाले २४ सै घण्टा स्वच्छ र सर्वसुलभ रुपमा खानेपानी वितरण गरेको विभिन्न सुचकहरु पूरा गरेर उत्कृष्ट हुन सफल भएको बताइएको छ।