काठमाडौं। संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ)ले बाढीपहिरो पीडितलाई साढे एक करोड सहयोग गरेको छ।
युनिसेफले नमोबुद्ध नगरपालिकाका ८४५ पीडितलाई सहयोग गर्न नगरप्रमुख कुन्साङ लामालाई एक करोड ५० लाख ४० हजार पाँच सय रकम हस्तान्तरण गरेको हो।
त्यसैगरी नेपालका लागि युनिसेफका प्रतिनिधि एलिस अकुङ्गाले नगरको वडा नम्बर ६ का ५९ पीडिन परिवारलाई सहायता रकम प्रदान गरेका छन्।