उर्लाबारी। मोरङको उर्लाबारी –३ मा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बिहीबार अपरान्ह दुईवटा मोटरसाइकल एकापसमा जुध्दा तीन जनाको मुत्यु भएको हो।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मोटरसाइकल पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मोटरसाइकल एकापसमा ठोक्किदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ।
मृत्यु हुनेमा मोरङको पथरीशनिश्चरे नगरपालिका –५ का ३३ वर्षीय दीपक धिमाल, कानेपोखरी गाउँपालिका –४ धम्कुवाका २८ वर्षीय किशोर गुरुङ र बेलबारी नगरपालिका –८ का २६ वर्षीय अमित लिम्बू रहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी एक जना गम्भीर घाइते भएको प्रहरीले बताएको छ।