काठमाडौं। आजदेखि धरहरा चढ्न शुल्क तिर्नुपर्ने भएको छ। धरहरा चढ्न प्रतिब्यक्ति २ सय रुपैयाँ शुल्क तिर्नुपर्ने भएको हो।
सर्वसाधारणका लागि २०० रुपैयाँ शुल्क लिईने, सोही अनुसार सार्क मुलुकलाई ५००, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई १ हजार तोकिएको बताईएको छ।
यस्तै शहरी विकास भवन निर्माण तथा आवास विभागले धरहरा परिसर प्रवेश शुल्क ५० रुपैयाँ तोकेको छ। यस्तै चार पाङग्रे सवारी साधनको लागि २० रुपैयाँ र दुई पांग्रेको लागि १० रुपैयाँ पार्किङ शुल्क लाग्ने भएको छ।
यसअघि धरहरामा काठमाडौं महानगरपालिकाले निःशुल्क रुपमा पार्किङ उपलब्ध गराउँदै आएको थियो।