काठमाडौं। नेपाली बजारमा आज पनि सुनको मुल्य बढेको छ। आज तोलामा १७ सयले सुनको मुल्य बढेको हो।
निरन्तर रुपमा उकालो लागेको सुनको मुल्य आज तोलामा १ लाख ६७ हजार २०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसैगरी आज चाँदीको मुल्य पनि तोलामा २० रुपैयाँले बढेर १९ सय ६० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।