उदयपुर। उदयपुरको चौडण्डीगढी नगरपालिका–९ स्थित भिमामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ। घरमा बसेकालाई कारले ठक्कर दिदाँ एक जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा स्थानिय ४५ बर्षिया कमलादेबी चौधरी रहेकी प्रहरीले जनाएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको कार अनियन्त्रित भइ सडक नजिकमा रहेको घरमै बसिरहेकी चौधरीलाई ठक्कर दिएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।