काठमाडौं। मिडिल मोदी हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको हो।
आईपीओ निष्कासन गर्ने प्रस्तावका लागि कम्पनीले साधारणसभा बोलाएको छ। कम्पनीले आगामी पुस ३ गते १३ औँ वार्षिक साधारण सभा बोलाएको हो।
साधारण सभा ललितपुरको सानेपास्थित कम्पनीको सभा कक्षमा दिउँसो १ बजे शुरु हुने कम्पनीले जनाएको छ।