फाइल तस्बिर
एजेन्सी। रुसको तेल तथा ऊर्जा केन्द्रमा युक्रेनले ड्रोन हमला गरेको छ।
सोमबार रुसी क्षेत्र कालुगाको इन्धन तथा ऊर्जा सुविधामा युक्रेनले ड्रोन हमला गरेको युक्रेनी सैन्य गुप्तचरको स्रोतले जनाएको हो।
युक्रेनी सहर खार्किभका अधिकारीहरूले रुसको सीमा नजिकैको सहरको केन्द्रमा रुसी क्षेप्यास्त्र प्रहार गर्दा १९ जना घाइते समेत भएका छन्।