काठमाडौं। ट्रेड टावर लिमिटेड (थापाथली) ले वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले मंसिर १२ गते (आज) साधारणसभा बोलाएको हो।
कम्पनीले आईपीओ पनि जारी गर्ने भएको छ। आईपीओ निष्कासनको प्रस्ताव राखी १५औं वार्षिक साधारणसभा बोलाएको हो।
सभा, होटल क्रिष्टल पशुपति, ट्रेड टावर, गौशालामा मंसिर १२ गते बुधबार बिहान साढे ११ बजेदेखि शुरु हुने कम्पनीले जनाएको छ।