झापा। झापामा जीपले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। जीपले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो।
शिवसताक्षी नगरपालिका– १ कमल पुलमा गएराति भएको सवारी दुर्घटनामा परी घाइते भएका मोटरसाइकल चालक ४० वर्षीय ललित बहादुर थापाको मृत्यु भएको प्रहरीले जनाएको छ।