काठमाडौं। बाँकेको कोहलपुरमा शवदाह स्थल निर्माण गर्न ग्लोबल आइएमई बैंकले आर्थिक सहयोग गरेको छ। कोहलपुर नगरपालिकामा भएको एक कार्यक्रममा बैंकले शवदाह स्थल निर्माण गर्नका लागि २० लाख रुपैयाँ सहयोग गरेको हो।
कोहलपुर नगरपालिका–११ स्थित डुडुवा खोला र रोहिणी खोलाको संगमस्थलमा शवदाह स्थल निर्माणको काम सुरु भएको छ। वातावरण प्रभाव मूल्यांकन गरेर कोहलपुरमा अत्याधुनिक शवदाह स्थल बनाउन लागेको नगरपालिकाले जनाएको छ।
शवदाह स्थल निर्माणका लागि एभरेस्ट बैंकले पनि ५० लाख सहयोग गरेको नगरपालिकाले जानकारी दिएको छ।