काठमाडौं। आज सुनको मुल्य बढेको छ। लगातर ओरालो लागेको सुनको मुल्य आज बढेको हो।
नेपाली बजारमा आज सुनको मुल्य तोलामा नौ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
आज प्रतितोला रु नौ सयले बढेर रु एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ।
यसैगरी आज चाँदीको मूल्य प्रतितोला रु १० ले बढेर रु एक हजार आठ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासङ्घले जनाएको छ।