विराटनगर। विराटनगरमा खानेपानी परियोजना सुरु भएको छ। विराटनगर महानगरपालिकाको पहलमा खानेपानी परियोजना सुरु भएको हो।
जापान सरकार (जाइका)को अनुदान सहयोगमा विराटनगरमा वृहत्तर खानेपानी परियोजना सुरु भएको हो।
अहिले विराटनगर–८ स्थित हाम्रो चोक पूर्व, रोडरोष चोक र पानीट्याँकी चोकदेखि पाइलाइनको काम भइरहेको आयोजनाले जनाएको छ।
उक्त वृहत खानेपानी परियोजनाबाट विराटनगर वडा नम्बर १ देखि १४ का बासिन्दा लाभान्वित हुने बताईएको छ।
करिब २ अर्ब रुपैयाँको लागतमा निर्माण भईरहेको खानेपानी आयोजना विराटनगर बासीहरुलाई शुद्ध खानेपानी उपलब्ध गराउने उद्देश्यले पहल गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ।