काठमाडौं। चीनको बेइजिङस्थित तिआनानमेन स्क्वायरमा नरसंहारको सम्झनामा स्थापना गरिएको मूर्ति हटाइएको छ। नरसंहारको सम्झनामा युनिभर्सिटी अफ हङकङमा स्थापना गरिएको आठ फिट अग्लो तामाको प्रतिमा हटाइएको हो।
उक्त प्रतिमा हटाउनका लागि प्लास्टिकले उक्त क्षेत्र छोपेर कामदारहरू रातभर खटिएका थिए। मूर्तिमा सन् १९८९मा चिनियाँ अधिकारीहरूले हत्या गरेका प्रजातन्त्र पक्षधर समर्थकहरूको सम्झनामा लासको थुप्रो देखाइएको छ।
गत अक्टोबर महिनामा विश्वविद्यालयले उक्त मूर्ति हटाउन निर्देशन दिएको थियो। युनिभर्सिटी अफ हङकङका अनुसार अधिकारीहरूले बुधवार त्यो मूर्ति हटाउने निर्णय गरेका हुन्। विश्वविद्यालयले उक्त मूर्ति आफ्नो गोदाममा राख्ने जनाएको छ।