हेटौँडा। हेटौडा उपमहानगरपालिका ५ भैरवरोडमा रहेको नेपाल विद्युत् प्राधिकरण केन्द्रीय वर्कसपमा आगलागी भएको छ। पुरानो सामान राखेको ठाउँमा आगलागी भएको हो।
गए राति आगलागी भएको प्रहरीले जनाएको छ। सामान राखेको ठाउँमा अचानक आगलागी भएको कारण क्षतिको विवरण हाल आउन नसकेको प्रहरीले जनाएको छ। आगो नियन्त्रणमा ल्याईसकेको प्रहरीले जनाएको छ।