काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा ३०० रुपैयाँले घटेको हो।
आज छापावाला सुन तोलामा १ लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि बुधबार सुन तोलाको १ लाख ४९ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ।