काठमाडौं। मनकामना केबलकार नियमित सञ्चालनमा आएको छ। नेपालकै पहिलो मनकामना केबलकार मर्मतसम्भार सकिएपछि नियमित सञ्चालनमा आएको हो।
स्तरोन्नतिका क्रममा गियर बक्स र टावर मर्मतसम्भार गर्नुपर्ने भएकाले यही पुसको ४ देखि ७ गतेसम्मका लागी चार दिन बन्द गरिएको थियो। मर्मतसम्भार सकिएपछि आज देखि केबलकार सेवा पुनः नियमित रुपमा सञ्चालनमा आएको हो।
स्तरोन्नतिको चरणमा रहेको केबलकारलाई चालु आर्थीक वर्षबाटै नयाँ प्रविधिमा लैजाने कम्पनीको योजना रहेको छ।