सुनसरी। इटहरीमा मोटरसाइकल र स्कुटर ठोक्किदाँ एक जनाको मृत्यु भएको छ। उक्त घटनामा परी तीन जना घाईते भएका छन्।
कालीमन्दिर अगाडी उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको मोटरसाइकल र दक्षिणबाट उत्तर आएर बाटो क्रस गर्दै गरेको स्कुटर एकआपसमा ठोक्कीदाँ उक्त घटना घटेको प्रहरीले जनाएको छ।
दुर्घटनामा परी स्कुटर चालक गोपाल रिजालको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही स्कुटरको पछाडी सवार बबिता रिजाल घाइते भएकी छन्।
यसैगरी मोटरसाइकल चालक आशिक आलम र पछाडी सवार विनिता पाठक घाइते भएका छन्। घाईती तीनै जनाको उपचार भईरहेको प्रहरीले जनाएको छ।