काठमाडौं। दाङको बिजौरीमा बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख १३८२ नम्बरको बस दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।