सांकेतीक तस्बिर
काठमाडौं। लुम्बिनीमा प्रदेशस्तरीय शुद्धोधन लोकमार्ग निर्माण गरिने भएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र मायादेवी गाउँपालिकामा पर्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कपिलवस्तु जिल्लाको महाराजगंज जोड्ने गरी शुद्धोधन लोकमार्ग निर्माण गरिने भएको हो।
विमानस्थलबाट लुम्बिनी प्रदेशको राजधानी दाङ जान सहज बनाउनका लागि ३८ देखि ४० किलोमिटरसम्मको लोकमार्ग बनाउन लागिएको छ।
लोकमार्ग निर्माणका लागि व्यापक छलफल भएसँगै रुपन्देहीका ५ पालिकाअन्तर्गत मायादेवी गाउँपालिका, सियारी गाउँपालिका, गैडहवा गाउँपालिका, शुद्धोधन गाउँपालिका र कञ्चन गाउँपालिका साथै कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका, कपिलवस्तु नगरपालिका, बुद्धभूमि नगरपालिका, महाराजगंज नगरपालिकाबीच लोकमार्ग बनाउने सहमतिअनुसार रोडपरमिट (सडकका लागि प्रस्तावित स्थान) को अवलोकनसमेत गरिएको छ।