काठमाडौं। पेट्रोलको मुल्य बढेको छ। शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलको मुल्य बढेको हो।
पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाइएको नेपाल आयल निगमले जनाएको छ।
पेट्रोलको नयाँ मूल्य पहिलो श्रेणीका लागि प्रतिलिटर १५७, दोस्रो श्रेणीका लागि १५९, र तेस्रो श्रेणीका लागि १६० कायम गरिएको छ। हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १२८ रहेको निगमले जनाएको छ।
यसैगरी हवाई इन्धन (अन्तर्राष्ट्रिय) को मूल्य काठमाण्डौंमा प्रति किलो लिटर ९७५ अमेरिकी डलर, पोखरामा ८१८ डलर, र भैरहवामा ८०२ डलर निर्धारण गरिएको बताइएको छ।
निगमका अनुसार एलपी ग्यासको हाल कायम मूल्यलाई यथावत राखिएको छ।
