काठमाडौं। नेपाल निर्माण व्यवसायी महासंघका प्रतिनिधि र प्रधान न्यायाधीश श्री प्रकाशमान सिंह राउतबीच भेटघाट भएको छ। महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको एक प्रतिनिधिमण्डलले आईतबार प्रधान न्यायाधीश राउतसँग भेट गरेको हो।
भेटमा प्रतिनिधिमण्डले पूर्वाधार विकास सम्बन्धी न्यायीक पक्ष बारे प्रधान न्यायाधीश राउतलाई अवगत गरानुका साथै प्रतिनिधिमण्डलले राउतको सफल कार्यकालका लागि बधाई एवं शुभकामना व्यक्त गरेको महासंघले जनाएको छ।