काठमाडौं। ३२७ मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी जलविद्युत केन्द्रको म्याद थप गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा सिंहदरबारमा बसेको लगानी बोर्डको ६० औँ बोर्ड बैठकले माथिल्लो मर्स्याङ्दी जलविद्युत केन्द्रको म्याद थप गर्ने निर्णय गरेको हो।
माथिल्लो मर्स्याङ्दी जलविद्युत केन्द्र पश्चिम नेपालको लमजुङ जिल्लाको भुलभुलेमा निर्माण भइरहेको छ।त्यसैगरी बोर्ड बैठकले सम्राट् सिमेन्ट कम्पनी प्रालिको पनि म्याद थप गर्ने निर्णय गरेको छ।
बैठकले पश्चिम सेती जलविद्युत् परियोजनाको क्षमता ७५० मेगावाटबाट बढाएर ८०० मेगावाट बनाउने गरी म्याद थप तथा चार किल्ला जडित क्षेत्रको अनुमतिपत्र संशोधनको निर्णय गरेको छ ।