दाङ। दाङमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ। टिपरका ठक्करबाट १९ वर्षीय सुदीप बुढाथोकीको मृत्यु भएको हो।
उनि तुलसीपुर उपमहानगरपालिका १९ कुटिचौरका रहेको प्रहरीले जनाएको छ।
सोमबार साँझ घोराहीबाट तुलसीपुर जाँदै गरेको टिपरले सोही दिशातर्फ जाँदै गरेको मोटरसाइलकलाई ठक्कर दिएपछि घाईते भएका बुढाथोकीलाई अस्पताल पुर्याई डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ।