काठमाडौं। आज सुनको मूल्य बढेको छ। आज सुन तोलामा एक हजार रुपैयाँले बढेको हो।
आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ५० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेको हो। महासंघको अनुसार आज चाँदी प्रतितोला १ हजार ८ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।