फाइल फोटो
काठमाडौं। मौलाकाली केवलकार लिमिटेडले शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने भएको हो।
कम्पनीले हकप्रद शेयर जारी गर्ने प्रस्ताव गर्दै आठौं वार्षिक साधारण सभा बोलाएको छ।
साधारणसभा आगामी पुस ७ गते कम्पनीको रजिष्टर्ड कार्यालय गैडाकोट, नवलपरासीमा विहान १० बजे सुरु हुने कम्पनीले जनाएको छ।