काठमाडौं। बारामा करेन्ट लागेर १ जनाको मृत्यु भएको छ। बाराको फेटा गाउँपालिका–१ अकवनिया बस्ने लिलावती देवीको करेन्ट लागेर मृत्यु भएको हो।
४० वर्षीया देवीको करेन्ट लागेर मङ्गलवार दिउँसो मृत्यु भएको प्रहरीले जनाएको छ।
विद्युतको तारबाट करेन्ट लागेर गम्भीर घाइते भएकी उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।