काठमाण्डौं। पानीको स्रोत जोगाउन भुमिगत पानी पुनःभरण र आकासेपानी सङ्कलन प्रणाली काठमाण्डौं महानगरपालीकाले निर्माण सुरु गरेको छ। नन्दी विद्यालयमा उक्त प्रणाली निर्माणको शिलान्यास कामपाका प्रमुखले गरेका हुन्।
प्राणी जीवन र वातावरण दुवै क्षेत्रमा पानी आवश्यक हुने भएकाले कामपाले आउने सम्भावीत जोखिमबाट बच्नको लागी आकासे पानी सङ्कलन र जमिन पुनःभरण प्रणाली निर्माण गर्नकोलागी योजना बनाएर अगााडी बढाइएको हो।
हाल बोरिङ गरेर पानी निकाल्ने काम मात्र भएको छ, यसले जमिनमुनिको पानिको सतह घटेको र अब बढाउने काम गर्नुपर्ने कामपा १ का अध्यक्षले बताउनु भयो। उहाँका अनुसार उक्त विद्यालयको जमिनबाट पानि भित्र पठाएपछि उक्त क्षेत्रमा भएका ढुङ्गेधाराहरुमा पानीको बहाव बढ्ने आशा गरिएको छ।
महानगरका ईन्जिनियरका अनुसार सोही विद्यालयको २९७ वर्गमिटर जलाधार क्षेत्रबाट जम्मा भएको पानी ७५० लिटरको पोली ट्याङ्क फ्लस डाइभटरमा पठाइन्छ। जलाधार क्षेत्रमा भएको फोहोरसहितको पानी यसमा भरिन्छ, र त्योपछिको सफा पानी एक हजार लिटरको फिल्टर युनिटमा पुग्छ। उक्त पानी जम्मा गर्नको लागी ४१ हजार ७६० लिटर क्षमता भएको ट्याङ्की बनाइने छ।
ट्याङ्की भरिएर आएको पानीलाई ४८ इन्चको रिङमार्फत जमिनमुनी पठाइन्छ। सानाठुला रोडा र बालुवाको तह बनाइएको ऊक्त रिङ प्रणाली ११ लाख भन्दा माथिको लगानीमा निर्माण हुन लागेको हो।
वडा नं.५ को कार्यालय परिसरमा पनि यस्तै किसिमको प्रणाली जडान गर्ने योजना रहेको कामपा वतावरण व्यवस्थापन विभागले बताएको छ। विभागका अनुसार यो भन्दा अगाडी कामपाले ०७६ साल फागुन ६ गते वडा २६ को गोङ्गबु आवास क्षेत्रको डबलीमा नमुना पानी पुनःभरण प्रणाली सुरु गरेको छ।