काठमाडौं। जाजरकोट खण्डमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिप सडकबाट करिब सात सय मिटर तल खस्दा दुई जनाको मृत्यु भएको हो।
कार्कीगाँउ बाट कुदु तर्फ जाँदै गरेको बोलेरो जिप बुधबार राति दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
दुर्घटनामा २५ वर्षीय मनोज केसी र २२ वर्षीय मिथुन हमालको मृत्यु भएको प्रहरीले जनाएको छ।