काठमाडौं। आज सुनको मुल्य बढेको छ। आज सुनको मुल्य तोलामा ३ सय रूपैयाँले बढेको हो।
आज छापावाला सुनको मुल्य तोलामा १ लाख ५० हजार ७ सय रूपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ८० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।