हेटौंडा। टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। निर्माणाधीन तराई–काठमाडौं द्रुतमार्ग (फास्ट ट्रयाक) मा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो।
दुर्घटनामा परी टिपर चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
हात्तीसुडेबाट फास्ट ट्रयाकको बाटोको लागि ग्रावेल लिई जाँदै गरेको ट्रिपर अनियन्त्रित भई सडकबाट तल खोल्सामा खस्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।