पाँचथर। जिल्लाको पाँचथरको फिदिम नगरपालिका १ माथ्लो गाउँमा खानेपानी ट्याङकी निर्माण गरिएको छ। उक्त स्थानमा ट्रिटमेन्ट प्लाण्ट फिल्टर सहितको खानेपानी ट्याङकी निर्माण गरिएको हो।
३३ लाख लागतमा फिदिम खानेपानी तथा सरसफाई उपभोक्ता समितिले उक्त ट्याङकी निर्माण गरेको नगरपालिकाले जनाएको छ।
ट्याङ्की निर्माणका लागि बीपी सामुदायिक वन उपभोक्ता समितिले डेढ रोपनी जग्गा उपलब्ध गराएको बताईएको छ।
ट्रिटमेन्ट प्लाण्ट फिल्टर सहितको खानेपानी ट्याङकी निर्माण भएपछि अब सफा पानी उपभोग गर्न पाउने भएको भन्दी स्थानीयले खुशी ब्यक्त गरेका छन्।