काठमाडौं। लामो समयदेखि निर्माण कार्य अलपत्र पार्ने दुई निर्माण कम्पनीको बैंक जमानत जफत गरिएको छ। कोसी पपु गौरी पार्वती/कोसी न्यौपाने र गौरी पार्वती/कोसी न्यौपानेको जमानत जफत भएको हो।
कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनामा काम नगरेपछि उनीहरुको बैंक जमानत जफत गरिएको हो।
उनीहरुको बैंक जमानतमा रहेको ५ करोड ९ लाख रुपैयाँ जफत गरेको आयोजनाले जनाएको छ।
खन्तीदेखि–जोमसोमसम्मको ठेक्का लिएको कोसी पपु गौरी पार्वती र कोसी एण्ड न्यौपानेको ४ करोड र चराङ छोसेरसम्मको २५ किलोमिटर स्तरोन्नतीको जिम्मा लिएको तामाङ गौरी पार्वती कोसी न्यौपाने जेभीको १ करोड ९ लाख बैंक धरौटी जफत गरिएको हो। धरौटी जफत भएका दुई ठेकेदार कम्पनीले २०७६ साल मंसिरदेखि काम नगर्दा आयोजना अलपत्र परेको छ।
कोसी एण्ड न्यौपानले पटक–पटक थप गरिएको समयमा पनि काम नगरेपछि बैंक जमानत जफत गर्नका लागि बैंकलाई पत्राचार गरिरहेको आयोजनाले जनाएको छ।
यस योजनाको ६२ करोड २ लाखमा ठेक्का लिएको न्यौपानेले विगत दुई वर्षदेखि काम गरेको छैन। त्यसैगरी तामाङ गौरीपार्वती कोसी न्यौपाने जेभीले पटक–पटक काम गर्न ताकेता गर्दा बेवास्ता गरेपछि बैंक जमानत जफत गरिएको बताइएको छ।