फाइल फोटो
इण्डोनेसिया। बाढी र पहिरोमा परी इण्डोनेसियाको पश्चिमी जाभामा पाँच जनाको मृत्यु भएको छ। उक्त बाढी र पहिरोमा परी ७ जना बेपत्ता भएका छन्।
सयौं घर र पूर्वाधारमा समेत क्षति पुगेको छ। गत हप्ताको मङ्गलवारदेखि सुरु भएको प्राकृतिक प्रकोपले सुकाबुमी क्षेत्रका ५८९ घरमा क्षति गरेको र १ हजार ४०० बासिन्दालाई विस्थापित गरेको छ।
बाढीका कारण पुलहरुमा क्षति भएको कारण आवतजावतमा पनि निकै समस्या भएको बताईएको छ।