झापा। बेलडाँगी खानेपानी आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। झापाको दमक नगरपालिका–३ मा रहेको उक्त खानेपानी आयोजनाको उनले आज उद्घाटन गरेका हुन्।
कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको बताए।
उक्त खानेपानी आयोजना ५० करोड सात लाख ९२ हजार लागतमा निर्माण भएको नगरपालिकाले जनाएको छ।
बृहत खानेपानी आयोजना निर्माण भएपछि स्थानीयहरु निकै उत्साहीत भएका छन्।