फाइल फोटो
बाजुरा। जिल्लाको पिलुचौर खोलामा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। दुई करोड ३४ लाख रुपैयाँ लागतमा बेलिब्रिज निर्माण गरिएको हो।
बूढीनन्दा नगरपालिका र जगन्नाथ गाउँपालिकाको बीचमा रहेको उक्त खोलामा निर्माणाधिन बेलब्रिज अन्तिम चरणमा पुगेको बताईएको छ।
भौतिक प्रगति ९८ प्रतिशत सम्पन्न भएको बेलिब्रिज ४८.८ मिटर लम्बाइ रहेको बताईएको छ। यही मंसिर मसान्तसम्म निर्माण कार्य सकिने आयोजनाले जनाएको छ।
खोलामा पुल नहुँदा आवतजावतमा निकै समस्या झेल्दै आएको स्थानीयले बताए। अझ बर्खाको समयमा त निकैनै समस्या हुँदै आएको उनिहरुको भनाई छ। अब बेलिब्रिज निर्माण भएपछि सहज हुने विश्वास गरिएको उनिहरुले बताए।