झापा। झापाको दमक नगरपालिका–३ मा बेलडाँगी खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ। ५० करोड सात लाख ९२ हजार लागतमा उक्त खानेपानी आयोजना निर्माण सम्पन्न भएको हो।
निर्माण सम्पन्न भएको आयोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन्। कार्यक्रममा प्रधानमन्त्री ओलीले सन् २०३० सम्ममा सबै नेपालीलाई गुणस्तरीय खानेपानी उपलब्ध गराउने लक्ष्य लिइएको बताए।
बृहत खानेपानी आयोजना निर्माण भएपछि स्थानीयहरु निकै उत्साहीत भएका छन्।