काठमाडौं। मिडिल मोदी हाइड्रोपावर लिमिटेडले साधारणसभा बोलाएको छ। कम्पनीले आगामी पुस ३ गते १३ औँ वार्षिक साधारण सभा बोलाएको हो।
कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्तावका लागि साधारणसभा बोलाएको बताएको छ।
साधारण सभा ललितपुरको सानेपास्थित कम्पनीको सभा कक्षमा दिउँसो १ बजे शुरु हुने कम्पनीले जनाएको छ।