जाजरकोट। जिल्लाको बिराखोला कैना–कट्के सडकखण्डमा जिप दुर्घटना भएको छ। जिप दुर्घटनामा पाँच जनाको मृत्यु भएको हो।
बोलेरो जीप गएराति ११ बजे दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जीपमा चालक सहित सवार सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरी थप उपचारका लागि नगर अस्पताल दल्ली पुर्याए पनि सातमध्ये पाँच जनालाई डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएका ेछ।