काठमाडौं। भारतको मुम्बईमा डुंगा दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ। मुम्बइस्थित गेटवे अफ इण्डियाबाट एलिफेन्टा द्वीप जाँदै गरेको डुंगालाई इण्डियन नेवी नौसेनाको एक स्पिड बोटले ठक्कर दिएर दुर्घटना भएको हो।
दुर्घटनामा १३ जनाको मृत्यु भएको र १०१ जनाको सकुसल उद्धार गर्न सकिएको मुख्यमन्त्री देवेन्द्र फडणविसले जानकारी दिए। मृतकका परिवारलाई राज्य सरकारले ५र५लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ ।
इण्डियन नेवीका अनुसार उसको स्पिड बोट इन्जिन परीक्षणको क्रममा अनियन्त्रित भएर यात्रु सवार डुंगामा ठोक्किएको थियो ।