काठमाडौं। खानेपानीमन्त्री प्रदीप यादवले मेलम्चीको पानी बितरणका लागि बिच्छाइएका पाइप लाइनको काम चाडो सक्न निर्देशन दिएका छन्। मेलम्ची खानेपानी बितरणका लागि काठमाडौँ उपत्यकाको ईन्द्रचौक, जनबहाल न्युरोड, अशन लगायतका स्थानमा छड्के चेकमा पुगेका मन्त्री यादवले पाइपलाइनको काम चाँडै सक्न निर्देशन दिएका हुन्।
उनले नागरिकले शुद्ध पानी पाए नपाएको बारे घर घरै गएर बुझ्न समेत निर्देशन दिएका छन्। मन्त्री यादवले नयाँ पाइपलाइन मध्ये केहि केही ठाउँमा पानी लिकेज भई चुहावट भईरहेकाले सो चुहावटलाई मर्मत गरी पानी सुचारु गरी अन्तिम परीक्षण कार्य सम्पन गर्न समेत मातहतका कर्मचारी एवं कामदारहरुलाई निर्देशन दिए ।
काठमाडौँ उपत्यकामा सहज रुपमा मेल्मचीको पानी बितरणका लागि खानेपानीका नयाँ पाइपलाइन बिछ्याउन थालिएको छ । सोही क्रममा मन्त्री यादवले नागरिकलाई शुद्ध, सफा खानेपानी वितरण सुनिश्चित गर्न मातहतका निकायलाई निर्देशन दिएका हुन् ।