काठमाडौं। भेरी लिफ्टिङ आयोजनामा कर्णाली प्रदेश सरकारले आर्थिक सहयोग गर्ने भएको छ। भेरी लिफ्टिङ आयोजनालाई अघि बढाउन प्रदेश सरकारले चालु आवमा तीन करोड ५० लाख बजेट विनियोजन गरेको हो ।
अघिल्ला दुई आर्थिक वर्षमा समेत बजेट विनियोजन गरेपनि कार्यान्वयन हुन सकेको थिएन्। तर चालु आवमा आयोजनाको ठेक्का सम्झौता भई काम अघि बढेकाले बजेट कार्यान्वयन हुने बताइएको छ । कर्णालीवासीको आधारभूत खानेपानीको पहुँच सुनिश्चित गरी स्वच्छ, नियमित र गुणस्तरीय खानेपानी उपलब्ध गराउने नीतिबमोजिम प्रदेश सरकारले ठुला खानेपानी आयोजना निर्माणमा सहयोग गर्दै आएको छ ।
खानेपानीका बहुवर्षीय र क्रमागत आयोजनालाई प्राथमिकतामा राखिएको प्रदेश सरकारले जनाएको छ । सोही उद्देश्यबमोजिम भेरी लिफ्टिङ आयोजनालाई अघि बढाउन बजेट विनियोजन गरिएको छ । चालु आवमा उक्त योजनाको कार्यान्वयनका लागि तीन करोड ५० लाख बजेट विनियोजन गरिएको हो ।