एजेन्सी। रुसको कुस्रक क्षेत्रको रिल्स्क सहरमा युक्रेनले क्षेप्यास्त्र आक्रमण गरेको छ। आक्रमणमा परी ६ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य १० जना घाइते भएको कुस्रक क्षेत्रका कार्यवाहक गभर्नर अलेक्ज्याण्डर खिन्स्टाइनले जानकारी दिएका छन् । घटनास्थलमा उद्धारकर्ताहरू, अग्निनियन्त्रकहरू र आपतकालीन सेवाहरू परिचालन भइरहेको बताइएको छ।
यसअघि पनि शुक्रवार युक्रेनले रिल्स्क सहरमा ठूलो मात्रामा मिसाइल आक्रमण गरेको थियो ।