काठमाडौं। पाकिस्तानको आक्रमणबाट अफगानिस्तानका ४६ जनाको मृत्यु भएको छ। पकतिका प्रान्तको बरमल जिल्लामा २४ डिसेम्बरको दिन राति पाकिस्तानले हवाई आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको तालिबान सरकारले जनाएको छ।
तालिबान सरकारका उपप्रवक्ता हमदुल्ला फितरिनले मृत्यु हुनेमा धेरैजसो महिला र बालिबालिका रहेको बताएका छन् ।
बरमल जिल्ला दक्षिण बजिरिस्तानको वाना र रजमक क्षेत्र नजिक पर्दछ । तालिबान अधिकारीहरुका अनुसार वजिरिस्तानाका शरणार्थीहरुलाई निशाना बनाइएको छ ।