काठमाडौं। खानेपानी मन्त्री प्रदीप यादवले काठमाडौँवासीलाई बाह्रै महिना मेलम्चीको शुद्ध, सफा खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिएका छन्।मन्त्री यादवले मन्त्रालयका कर्मचारी तथा पदाधिकारीसँगको छलफलमा उपत्यकामा चौबीसै घण्टा मेलम्चीको शुद्ध खानेपानी उपलब्ध गराउने गरी काम गर्नुपर्नेमा जोड दिएका हुन्।
उनले नागरिकले महसुस गर्नेगरी काम अगाडि बढाउन आग्रह गर्दै मन्त्रालयबाट आवश्यक सहयोग र समन्वय हुने प्रतिबद्धता समेत जनाए।
मन्त्री यादवले मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा ल्याउने विषयमा सिन्धुपाल्चोकको हेलम्बुबासीका साथै त्यहाँका सङ्घर्ष समिति र मन्त्रालयबीचमा भएको सहमति कार्यान्वयनका लागि आवश्यक पहल गर्न मन्त्रालयका पदाधिकारीलाई निर्देशन समेत दिएका छन् ।