फाइल तस्बीर
एजेन्सी। दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु विमान दुर्घटना भएको छ। थाइल्याण्डको बैंककबाट फर्किएको विमान अवतण गर्ने बेला धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।
विमान धावनमार्गमा चिप्लिएपछि आगोलागी भएको थियो। करिब १८१ जना सवार विमान दुर्घटना हुँदा हालसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको अन्तराष्ट्रिय समाचार एजेन्सीले जनाएका छन्।